Comments Add Comment

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

१३ माघ, नवलपरासी । नवलपरासीको दुम्किबासमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

Accidentइलाका प्रहरी कार्यालय नयाँबेलहानीका अनुसार पूर्वपश्चिम राजमार्गको दुम्किबास ५ घिउ खोलामा नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा ना १९ प ६५२६ नम्बरको मोटरसाइकलमा सवार नवलपरासीको गैडाकोट ६ निवासी २९ वर्षीय तारा घिमिरेको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक तारा घिमिरेका दाजु ४३ वर्षीय वालकृष्ण ढकाल गम्भीर घाइते भएका छन् ।

घाइते ढकालको भरतपुरमा उपचार भइरहेको र ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment