Comments Add Comment

विद्युत प्राधिकरणले कर्मचारीलाई भन्यो-इमान्दारले आत्तिनु पर्दैन

nepal-electricity-authority
१३ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरुवाकै कारण कर्मचारीलाई नतर्सिन अपील गरेको छ । हालै भएको सरुवालाई नियमित प्रक्रिया भएको भन्दै प्राधिकरणले यसबाट त्रसित नहुन कर्मचारीलाई आग्रह गरेको हो ।

बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै प्राधिकरणले ग्राहक सेवा निर्देशनालय अन्तरगत सरुवा भएका कर्मचारीलाई आफ्नो तेकिएको कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जारी गरेको विज्ञप्तिमा प्राधिकरणको प्रचलित विनियमावलीअनुसार सेवाअवधि पुगेका कर्मचारीलाई साउन र माघमा सरुवा गर्ने व्यवस्थाअनुरुप पछिल्लो काम गरिएको स्पष्ट गरिएको छ ।

प्राधिकरणले सुरुवातलाई विद्युत चुवाहट र लोडसेडिङसँग जोडेर नहेर्न पनि आम सर्वसाधारणलाई अपील गरिएको छ । विज्ञप्तिमा प्राधिकरणले कसूरजन्य काममा संलग्नलाई कारवाही गर्ने दोहोर्‍याउँदै इमान्दारितापूर्वक काम गर्ने कर्मचारीको दक्षता र क्षमता अभिबृद्धिका लागि समयसापेक्ष निर्णयहरु गर्ने प्रतिवद्धता जनाइएको छ ।

यस्ताे छ प्रेश विज्ञप्ती 

nea-apeal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment