Comments Add Comment

४४ राहदानीसहित पक्राउ परेका चिनियाँ नागरिक दूतावासको जिम्मा

१३ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित गएराति पक्राउ परेका एक चिनियाँ नागरिकलाई प्रहरीले नेपालस्थित चिनियाँ दूतावासको जिम्मा लगाएको छ ।

बुधबार राति १० बजे ड्रागन एयरबाट हङ्कङ जान लागेका वइविन हि नामका चिनियाँलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।
विमानस्थलमा जाँचका क्रममा उनको साथमा रहेको ब्यागमा ४४ थान चिनियाँ राहदानी भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक गोविन्द निरौलाले पक्राउ परेका हि लाई बिहीबार दिउँसो दूतावासको जिम्मा लगाइएको जानकारी दिए ।

नेपालको राहदानी ऐन र अध्यागमन ऐनमा त्यसरी अर्काको राहदानी लिएर हिँड्ने विदेशीलाई कारबाहीको व्यवस्था नभएको भेटिएपछि कानुनी कारबाही अगाडि नबढाई दूतावासको जिम्मा लगाइएको हो ।
पक्राउ परेका हिले बयानका क्रममा आफू व्यवसायी भएको तथा साउदी अरबको प्रवेशाज्ञा लगाउन आफूले राहदानी लिएर हिँडेको बताएका थिए । उनी गतहप्ता नेपाल आएका थिए । रासस

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment