+
+

टेलिकमको २० लाखका रिचार्ज कार्ड हराए, खरिद बिक्री नगर्न अपील

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १५ गते १४:०२

१५ माघ, काठमाडौं । नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।


टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको छ । सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड हराएको हो ।

यि सिरियल नम्बरका रिचार्ज कार्ड खरिद विक्री नगर्न टेलिकमले आह्वान गरेको छ । यसबाट ग्राहकबर्गमा समस्या पर्न सक्ने भएकाले टेलिकमले सचेत रहन भनेको छ ।

यि रिचार्ज कार्ड बजारमा आए भनेपनि प्रयोग गर्न सकिने छैन । त्यसैे रिचार्ज किन्दा अब सिरियल नम्बर हेर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?