Comments Add Comment

अलविदा यमबुद्ध ! बाकसमा आए, सदाका लागि विदा भए …

१६ माघ, काठमाडौं । चर्तित र्‍याप गायक यमबुद्ध (अनिल अधिकारी) को शव शनिबार नेपाल ल्याएर पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

इत्तेहाद एयरको विमानबाट उनको शव काठमाडौं ल्याइएको थियो । परिवारको पहलमा उनको शव शनिबार काठमाडौं ल्याइएको छ ।

उनको शव राखिएको कफन (बाकस) देख्नासाथ आफन्त भावविहृवल भएका थिए । शवयात्रासहित उनको शवलाई प्रज्ञा भवन कमलादीमा लगेर अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । त्यहाँको अवस्था पनि शोकाकुल रहृयो ।

छोराको शव देख्नासाथ उनकी आमा मुर्छित भएकी थिइन् भने धेरैका आँखा रसाएका थिए ।

यमबुद्धको शनिबार नै पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

श्रीमतीसँग लण्डनमा बस्दै आएका यमबुद्धले माघ १ गते आत्महत्या गरेका थिए । २९ वषर्ीय अधिकारी लण्डनको साउथ हृयोरोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment