Comments Add Comment

आर्थिक समाचारः लक्ष्यमा चुके गौरवको आयोजना

१६ माघ, काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा विभिन्न समाचारले स्थान पाएका छन् ।

सरकारले निकै महत्व दिएर प्रचार गर्दै निर्माण कार्य सुरु गरेको राष्ट्रिय गौरवका सबै आयोजना तोकिएको लक्ष्य प्राप्तिमा असफल देखिएको भन्दै नागरिक दैनिकले लेखेको छ- लक्ष्यमा चुके गौरवका आयोजना । निगमले सञ्चयकोषसँगै २५ अर्ब ऋण लिने समाचारलाई महत्व दिएको छ ।

विकास खर्चको अवस्था नाजुक भएकोलाई अन्नपूर्ण पोस्ट् दैनिकले मुख्य समाचार बनाएको छ । इन्धन ट्यांकर परीक्षण नेपालमै हुनेलाई अन्नपूर्ण पोस्टले एंकर बनाएको छ भने नेप्सेमा ९० अंकको गिरावटलाई पनि स्थान दिएको छ ।

बैंकिङ क्षेत्रमा कार्टेलिङ बढ्दै गएकोलाई मुख्य समाचार बनाएको कारोबार दैनिकले शिक्षामा वैदेशिक अनुदान १२ अर्ब घट्नेलाई महत्वपूर्ण स्थान दिएको छ । सार्कस्तरीय तालिम केन्द्र बनाउने प्रस्तावलाई पनि कारोबारले एंकर बनाएको छ ।

‘इनर्जी मिक्स’को सम्भावना बढ्योलाई अभियानले मुख्य समाचार बनाएको छ । विनियमावलीविपरीतको बैङ्क ग्यारेण्टी हटाइएकोलाई पनि अभियानले स्थान दिएको छ ।

पूर्व-पश्चिम रेलमार्गका सन्दर्भमा साढे ६ सय किमिको डिपिआर धमाधम भइरहेकोलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । ‘तारे होटलका ६५ प्रतिशत कोठा भरिए’लाई पनि नयाँ पत्रिकाले स्थान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment