Comments Add Comment

सर्वोच्चको न्यायाधीशमा केसी र भण्डारीको नाम अनुमोदन


१७ माघ, काठमाडौं । संसदको संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको नाम अनुमोदन गरेको छ ।

सुनुवाई समितिको सोमबार बसेको बैठकले केसी र भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । यससँगै केसी र भण्डारीको नियुक्तिका लागि बाटो खुलेको छ ।

केसी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश केसी र भण्डारी उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए । न्याय परिषदको पुस १८ गते केसी र भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment