+
+

कविता चौतारीमा अकिञ्चन र चन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १७ गते १९:३५

काठमाडौं । एउटै समय भोगेर कविता लेखिरहेका युवा कवि उमेश अकिञ्चन र चन्द्र रानाहँछा आइतबार एउटै मञ्चमा देखा परे । उनीहरुलाई ‘मिलाप’ मासिक पत्रिकाले कविता वाचन शृङ्खलामा प्रस्तुत गरेको थियो ।

बागबजारस्थित सिटी म्याक्समा आयोजित शृङ्खला ‘कविता चौतारी’ को पहिलो संस्करणमा उभिएका  अकिञ्चन र रानाहँछाले दस-दस वटा कविता पस्किए ।

पहिलो चरणमा रानाहँछाले ‘आमाको सम्झना’, ‘रेटिएको इतिहास’, ‘आप्पाको सालिक’, ‘मृत आकाश’, ‘ईश्वरको सवारी’ लगायत कविता सुनाए ।

त्यसपछि कवि अकिञ्चनले ‘दोस्रो पृथ्वी’, ‘आमाको समाधिबाट’, ‘भूगोलपार्क’, ‘मोनालिसा र आठ मार्च’, ‘सोल्टीनी सहर’ लगायत कविता वाचन गरे ।

कवि र कविताहरुमाथि टिप्पणी गर्दै प्राज्ञ श्रवण मुकारुङले दुवै कवि यो समयका प्रभावशाली भएको बताए । उनले भने, ‘चन्द्रको कवितामा जातीय र सांस्कृतिक  विम्बहरू पाइन्छन् भने उमेशका कवितामा  समसामयिक चेतना बढी भेटिन्छ ।’

कविता चौतारीको आयोजक मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले बजारमा सस्ता प्रचार नगरी साधनामा समर्पित सर्जकहरूलाई प्रस्तुत गर्ने योजना अनुसार कविता वाचनको नियमित शृंखला सुरु गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?