Comments Add Comment

किन गए ह्युगो बारा शाओमी छाडेर फेसबुकमा ?

चिनिया स्मार्टफोन कम्पनी शाओमीका उपाध्यक्ष ह्युगो बाराले हालै आफुले शाओमी छाडेर सिलिकन भ्याली तर्फ अघि बढेको घोषणा गरे । उनी फेसबुकमा आबद्ध हुन लागेको खुलासा फेसबुक संस्थापक मार्क जुकरबर्गले खुलासा गरे, सबैको अपेक्षा अनुरुप नै । अन्ततः फेसबुकले उनलाई कम्पनीमा आबद्ध गर्यो र उनी फेसबुकको भर्चअल रियालिटी बिजनेसका प्रमुख बनेका छन् ।

ह्युगो बाराले शाओमी छाड्ने आफ्नो घोषणमा एकलकाटे वातावरणमा बस्दा आफ्नो स्वास्थ्य बिगि्रएको भन्ने कारण समेत देखाएका थिए । आखिर उनको स्वास्थ्य बिगार्ने त्यो वातावरण भनेको के हो ? कतै कम्पनी भित्रको कार्यवातावरण खराब भएको तर्फ उनले इंगित गरेका त होइनन् ?

चिनिया मिडियाहरुको अनुमानलाई पत्याउने हो भने ह्युगोको भनाई कम्पनीको वातावरण नभै बेइजिंगको प्रदुषित वातावरणतर्फ लक्षित छ ।

बेइजिंगमा डरलाग्दो गरी बढिरहेको वायु प्रदुषणका कारण ह्युगोले शाओमी छाडेको अड्कल काटिएको छ ।

दी बेइजिंगरले दाबी गरेको छ की कम्पनी छाड्नुको कारण बाराले बेइजिंगको खराब हावालाई उल्लेख गरेका हुन् ।

यद्यपि बाराको पत्रमा बेइजिंगको हावाको बारेमा कुनैपनि कुरा उल्लेख छैन । तर अरु दुई चिनिया संचार माध्यम शोहु र इफानरले पनि ह्युगो बाराले बेइजिंगको प्रदुषणलाई नै लक्षित गरेको दाबी गरेका छन् ।

गुगलको जागिर छाडेर ह्युगो बारा सन् २०१३ मा शाओमी छिरेका हुन् । गुगलमा उनी एन्ड्रोइड टिमको मुख्य व्यक्ति थिए । तर गुगलका संस्थापक सर्गेइ बि्रनसँगको मतभेदपछि उनी एकाएक अमेरिका छाडेर शाओमी कम्पनीमा जागिर खान बेइजिंग छिरेर सबैलाई आश्चर्यमा पारेका थिए ।

त्यसयता शाओमी कम्पनीले भारत र अन्य एसियाली देशहरुमा समेत आफ्नो पकड निकै मजबुत बनाएको छ र सबैभन्दा तिव्र विकाश गर्ने मोबाइल कम्पनी बनेको छ । तर कम्पनीले अब दीर्घकालीन वृद्धिलाई ध्यान दिने घोषणा शाओमीका सिइओले हालै गरेका थिए । यसको अर्थ शाओमीले अब छिटो छिटो नयाँ स्मार्टफोन उत्पादन गर्ने कामलाई धीमा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment