Comments Add Comment

अनुदान सम्झौता गरेका अधिकांश भूकम्प पीडितले पहिलो किस्ता पाए

 

१८ माघ, काठमाडौं । भूकम्प अति प्रभावित १४ जिल्लामा निजी घरहरुको पुनर्निर्माणका लागि अनुदान सम्झौता अधिकांश घरधनीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् ।

निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनी मध्ये माघ १८ गतेसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोक जिल्लामा अनुदान सम्झौता गरेका ७४ हजार ९ सय २४ घरधनीमध्ये ७४ हजार ९  सय १२ ले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् । ओखलढुंगामा १८ हजार ३ सय १, नुवाकोटमा ६० हजार ४ सय ७४, रामेछापमा ३९ हजार ७ सय ५९, दोलखामा ४७ हजार ७९ ले अनुदान प्राप्त गरेका छन् ।

यस्तै गोरखामा ५२ हजार ६ सय ७५, काभ्रेमा ५९ हजार ७ सय ५१, रसुवामा ८ हजार ८ सय ४८, सिन्धुलीमा २६ हजार १ सय ६२, धादिङमा ५२ हजार ९ सय १७  र मकवानपुरमा १९ हजार ९ घरधनीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अनुदान सम्झौता सम्पन्न गरेका ७१ हजार ६ सय ८३ घरधनी मध्ये ५० हजार २ सय ४३ ले पहिलो किस्ताको अनुदान प्राप्त गरिसकेको स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

पहिलो किस्ताको अनुदान पाएर मापदण्ड अनुसार घरको जग निर्माण गरेका ७ सय २० घरधनीले दोस्रो किस्ता वापतको एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment