Comments Add Comment

प्रदर्शन अगावै ‘बाहुवली २’ले कमायो ५ सय करोड


सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बाहुवली’को सिक्वेल रिलिज हुन केहि महिना मात्र बाँकी छ । राष्ट्रिय पुरस्कार विजेता निर्देशक एसएस राजमौलीको यो चलचित्रको सिक्वेलले प्रदर्शन अगावै लोभलाग्दो कमाई गरेको छ । भारतीय मिडियाको रिपोर्ट मान्ने हो भने चलचित्रले प्रदर्शन अगावै ५ सय करोड कमाई गरिसकेको छ ।

प्रवासको मुख्य भूमिका रहेको यो चलचित्रको सिक्वेल यतिबेला विश्वभरका फ्यानले प्रतिक्षा गरिरहेका छन् । विशेषगरि, कटप्पाले बाहुवलीलाई किन मारे भन्ने प्रश्नकै कारण यसको सिक्वेल प्रतिक्षामा रहेको हो ।

चलचित्रको प्रदर्शन अधिकार बेचेरै ५ सय करोड कमाई यसको निर्माणपक्षले गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यो चलचित्र ३ भाषामा रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सनको अधिकार धर्म प्रोडक्शनले किनेको हो । धर्म प्रोडक्शनले हिन्दी भर्सनका लागि महंगो रकम तिरेको भारतीय मिडियाले जनाएका छन् । हिन्दी भर्सनका लागि मात्र १ सय २० करोड तिरिएको छ ।

‘बाहुवली’ले हिन्दी भर्सनमा पनि १ सय करोड कमाई गरेको थियो । यस्तै, तेलुगु शहरहरुमा १ सय ३० करोडमा चलचित्रको प्रदर्शन अधिकार वेचिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment