Comments Add Comment

भारतको बजेटः व्यक्तिगत आयकरमा व्यापक परिवर्तन


२० माघ, काठमाडौं । भारतले बुधबार सार्वजनिक गरेको वार्षिक बजेटमा व्यक्तिगत आयकरमा व्यापक हेरफेर गरेको छ । जसअनुसार कम आय भएकाहरुलाई ठूलो राहत भएको छ भने बढी आय भएकाहरुलाई आयकरको भार परेको छ ।

जसअनुसारर साढे दुई लाखसम्म मासिक आम्दानी हुने करको दायरामा पर्दैनन् । अढाई लाखदेखि पाँच लाखसम्म कमाउनेले ५.५ प्रतिशत कर तिर्नुपर्दछ । यसअघि ५ लाखसम्म कमाउनेले १० प्रतिशत कर तिर्नुपर्ने प्रावधान थियो जसलाई यो बजेटमार्फत् आधामा झारिएको छ ।

त्यसैगरी ५ देखि १० लाख मासिक आम्दानी गर्नेले २० प्रतिशत व्यक्तिगत आयकर तिर्नुपर्ने ब्यवस्था गरिएको छ । १० लाखदेखि ५० लाख आम्दानी गर्नेले ३० प्रतिशत आयकर तिर्नुपर्ने प्रावधान छ । पचास लाखदेखि एक करोड रुपैयाँसम्म आम्दानी हुनेले ३३ प्रतिशत कर तिनुपर्ने नयाँ प्रावधान अर्थमन्त्री अरुण जेट्लीले घोषणा गरेका छन् ।

एक करोड र त्यसमाथि आम्दानी हुनेले ३५ प्रतिशत आयकर तिर्नुपर्ने घोषणा गरिएको छ । भारतीय अर्थमन्त्री जेट्लीलले जो मान्छे धनी छ उसले बढी कर तिर्नुपर्ने समेत बताएका छन् । बजेटको घोषणामा भारतीय अर्थमन्त्री जेट्लीले जनसंख्याको थोरै मान्छे मात्र करको दायरामा आएको बताएका छन् ।

उनले ५ लाखभन्दा कम आम्दानी हुनेलाई कम आयकर लगाउँदा हरेक व्यक्तिगत पकेटमा पैसा हुने र उसले त्यो पैसा खर्च गर्दा अर्थतन्त्रलाई टेवा पुग्ने बताएका छन् ।

त्यसैगरी कम आयकर लगाउँदा बढीभन्दा बढी मान्छे करको दायरामा आउने अर्थमन्त्रीको विश्लेषण छ । पचास लाखभन्दा बढी आम्दानी हुने मान्छे तलब प्राप्त गर्ने जागिरेभन्दा पनि व्यापारी तथा अन्य प्रोफेसनल हुने भएकाले उनीहरुका लागि बढी आयकर लगाइएको उनले जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment