Comments Add Comment

पाँचथरको रानीटारमा आगलागी, ४५ लाख बराबरको क्षति

फाइल तस्वीर ।

२० माघ, पाँचथर । पाँचथरको रानीटारस्थित एक घरमा आगलागी हुँदा ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

विद्युत सर्ट भएर गोरे मुखियाको घरमा आगलागी भएको स्थानीय शिक्षक डिबी गुरुङले जनाकारी दिए । पसल भएको घरमा आगलागी भएका कारण धेरै क्षति भएको शिक्षक गुरुङले बताए ।

वुधबार राति ८ बजेतिर भएको आगलागी नियन्त्रणका लागि फिदिम नगरपालिकाको दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली रानीटार पुगेको थियो ।

आगलागीका कारण घर जलेर नष्ट भएपछि मुखियाको नौ जनाको परिवार छिमेकीको शरणमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment