Comments Add Comment

एमाले सांसदको दाबी-भारतले ४ ओटा एम्बुलेन्स दिएर नेपालको २ अर्ब लुट्दैछ

तेस्रो मुलुकबाट आउने कन्टेनरसँग सेवाशुल्क लिने निर्णयबारे ध्यानाकर्षण

२० माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद केशवप्रसाद बडालले भारतले नेपाललाई चारओटा एम्बुलेन्स दान दिएर वर्षमा २ अर्ब क्षति पुर्‍याउन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बडालले १२ जनवरीमा भारतले गरेको एउटै निर्णयले नेपाललाई दैनिक ५० लाख घाटा भइरहेको बताए ।

भारतले तेस्रो मुलुकबाट नेपाल सामान आयात गर्ने कन्टेनरमा ४ दशमलव ५ प्रतिशत सेवा शुल्क लिने निर्णय गरेकोमा सरकारले मौन स्वीकृति दिएर राष्ट्रघात गरेको आरोप लगाए ।

उनले यसबारे सरकारले सत्य तथ्य सार्वजनिक गर्नुपर्ने समेत बताए । एमाले सांसद बडालले भने-प्रधानमन्त्रीज्यू आफूले भारतसँग सम्बन्ध सुधार गरेको भन्नुहुन्छ । एमालेलाई भारत विरोधी भनेर प्रचार गर्दै आफू भारत समर्थक भएको सगर्व बताउनुहुन्छ तर, यो निर्णयले नेपाललाई २ अर्ब रुपैयाँ घाटा हुँदैछ ।’

नेपालमाथि २००७ सालदेखि कहिल्यै यस्तो नभएको भन्दै बडालले यस्तो निर्णयलाई प्रधानमन्त्रीले स्वागत गरेको हो भनेर प्रश्न गरे । बडालले भने-प्रधानमन्त्री भारतसँग मिल्नुभएको छ । तर, देशलाई घाटा पार्ने भारतीय निर्णयको स्वागत गर्नुभएको छ । नेपालमा तेस्रो देशका करीव ७ सय कन्टेनर भारत हुँदै आउँछन् । भूपरिवेष्ठित मुलुकमाथि यो ठूलो अन्याय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment