Comments Add Comment

‘लप्पन छप्पन’को गीत सार्वजनिक, बर्षासँग ‘माया बढाउँदै’ २ नायक


चैत्र ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन’मा समावेश एक गीतको भिडियो रिलिज गरिएको छ । गोल्डेन हिल्स पिक्चर्स र बसुलिङ फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा समावेश ‘माया बढ्यो झन् झन्’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । दीपकराजको यसमा स्वर, शब्द र संगीत छ ।

यो गीतमा चलचित्रका नव-कलाकार प्रकाशजंग शाह र सिड खरेलको साथमा नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, देवु श्रेष्ठ लगायतका कलाकार मुख्य भूमिकामा छन् । ट्रेलर सार्वजनिक भएपछि चर्चामा रहेको यो चलचित्रको सार्वजनिक गीतमा ३ पात्रको मित्रता र प्रेम देखाइएको छ । वेल्जियमको आकर्षक लोकेशनले गीतको भिडियोलाई लोभलाग्दो बनाएको छ ।

पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई सुरेन्द्र पौडेलले छायांकन गरेका हुन् भने राजेन्द्र राजबाहक यसका सम्पादक हुन् । मुकुन्द भट्टले चलचित्रलाई निर्देशन गरेका हुन् । डम्बर चन्दको निर्माणमा तयार भएको चलचित्रमा इन्द्र प्रसाद खरेल सह-निर्माता, सहदेव गौतम कार्यकारी निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment