Comments Add Comment

एसएसपी छविलालको प्रश्नः के म काठमाडौं प्रमुख नै बन्न नहुने प्राणी हुँ र ?


२० माघ, काठमाडौं । विक्रम सिंह थापाले अवकाश पाएको करिब डेढ महिनासम्म महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ प्रमुख पायो । गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको विवाद मिलेपछि एसएसपीहरुका सरुवा मध्यरातमा भयो ।

र, गृहमन्त्रीले चाहेको भनिएका एसएसपी छविलाल जोशीले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बने ।

कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार पत्रकारहरुमाझ उपस्थित भएका जोशीले अधिकांश आफ्नो बचाउमा नै खर्चिए ।

कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म भर्खर प्रहरीमा आएको मान्छे होइन । इन्स्पेक्टरबाट एसएसपीसम्म गरेको कामको मूल्यांकनका आधारमा म यहाँ आएको हुँ ।’

उनले प्रहरी प्रमुखले नरुचाएको व्यक्ति काठमाडौं प्रहरीको प्रमुख हुन नहुने भन्ने छ र भन्दै प्रश्न गरे ।

एसएसपी जोशीले अघि भने, ‘मलाई गृहमन्त्रीले यहाँ ल्याउनु भयो भन्नु राजनीतिक पार्टीले ल्याउनु भएको होइन । नेपाल प्रहरीको एसएसपी बस्ने ठाउँमा एसएसपी ल्याएको हो । वाग्मतीको फोहोर व्यवस्थापन समिति वा साल्ड ट्रेडिङको जीएम बनाएको हो र ?

प्रहरी प्रमुखतर्फ लक्षित गर्दै उनले राम्रो ठाउँमा पठाउँदा आफूले र अरु ठाउँमा पठाउँदा फलानोले पठायो भन्नु गलत भएको एसएसपी जोशीले बताए । ‘मलाई धौलागिरी पठाउँदा कस्ले पठायो ? महाकाली पठाउँदा कसले पठायो ? सबैको जिम्मा केही न केही व्यक्तिले लिनुपर्छ,’ उनले भने ।

गृहमन्त्री निधिको पि्रय भएको आरोप खण्डन गर्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले भने, ‘म तराईको मान्छे पनि होइन म पहाडको मान्छे हो । कसैले कसैलाई माया गर्ने भन्ने स्वभाविक हुन सक्छ । के म यहाँ आउनै नमिल्ने वस्तु र प्रणाी हुँ र ?’

आफू काठमाडौं प्रहरीको कमाण्ड सम्हाल्न सक्षम रहेको दाबी गर्ने क्रममा उनले प्रहरीको यति लामो करियरमा आफु गुलेली खेलाएर वा चरा मारेर नबसेको टिप्पणी गरे ।

आफू अरुले जस्तो कुनै नारा बोकेर नआएको भन्दै नेपाल प्रहरीले दिएको म्याण्डेट अनुसार काम गर्ने एसएसपी जोशीले बताए । काठमाडौंमा बस्दा आउने राजनीतिक दबावलाई सुझावको रुपमा लिने भन्दै उनले भने, ‘कुनै राजनीतिक व्यक्तिले केही भन्नुभयो भने त्यसलाई दबावको रुपमा लिन जरुरी छैन । त्यो सुझाव पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment