Comments Add Comment

मणिहर्ष डायग्नोष्टिक सेन्टरमा ५१२ स्लाइसको सिटी स्क्यानर

काठमाडौं । मणिहर्ष डायग्नोष्टिक सेन्टरले नेपालमै पहिलोपटक ५१२ स्लाइसको अत्याधुनिक सिटी स्क्यानर मेसिन सञ्चालनमा ल्याएको छ ।

यो सेन्टर हाल कान्तिपथस्थित ग्रान्डी सिटी अस्पताल परिसरमा छ । रोटरी इन्टरनेशनलको सहयोगमा रोटरी क्लब, राजधानीले अनदानस्वरुप मेसिन उपलब्ध गराएको हो ।

जीएसआई प्रविधियुक्त अल्टा लो डोजको उक्त मेसिन अन्य सिटी स्यानभन्दा निकै छिटो तथा प्रभावकारी मानिन्छ । यसबाट पाँच सेकेन्डमै शरीरको कुनै पनि भागको सुक्ष्म स्क्यान गर्न सकिन्छ । यो प्रविधि विशेषगरी मुटु, तथा रक्तनलीको स्क्यान गर्न प्रभावकारी मानिन्छ । साथै यसबाट कम रेडियसन उत्पादन हुने भएकोले यो अन्य भन्दा गुणस्तरीय तथा कम हानीकारण मानिएको छ ।

करिब नौ लाख अमेरिकी डलर मुल्य बराबरको सिटी स्क्यान मेसिनको स्वास्थ्यमन्त्री गगनकुमार थापाले उदघाटन गरे ।

उद्घाटनका क्रममा मन्त्री थापाले रोटरी फाउण्डेसनले पोलियो उन्मुलनमा देखाएको अग्रसरता तथा स्वास्थ्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरे ।

नेपालका निजी अस्पतालहरु स्वास्थ्यका क्षेत्रमा उच्च प्रविधियुक्त मेसिन भित्र्याउन अगाडी रहेको बताउँदै मन्त्री थापाले यसबाट सर्वसाधारणले पनि लाभ लिनसक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘रोग लाग्नु पूर्ण रोग लाग्न नदिनु ठूलो कुरा हो । यसका लागि यो डायग्नोष्टिक सेन्टर महत्वपूर्ण सावित हुने हाम्रो अपेक्षा छ ।’

कार्यक्रममा ग्राण्डी सिटी अस्पतालका प्रमुख रुपज्योतीले उच्च प्रविधियुक्त उक्त मेसिनबाट सर्वसाधारण सर्वसुलभ मुल्यमा लाभ लिन सक्ने बताए । उनले अबको एक महिनासम्म सर्वसाधारणले झण्डै ६० प्रतिशत छुटमा उक्त मेसिनद्धारा उपचार गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment