Comments Add Comment

मनग्गे खानुस् गाजर, यी हुन् फाइदै फाइदा

गाजर स्वादिलो तथा स्वास्थ्यवर्धक खानेकुरा हो भन्ने कुरामा दुईमत छैन । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रुपमा खाए पनि गाजरले जिउलाई स्वस्थ बनाउन सहयोग गर्दछ । गाजर नियमित खानुका फाइदा यी हुन्:

· रक्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ । त्यस्तै भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

· गाजरको नियमित सेवनले रगतलाई बढि गाढा हुनबाट रोक्दछ । जसका कारण मुटुरोगको जोखिम कम हुन्छ । मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा फाइदा पुग्दछ ।

· नियमित रुपमा गाजर खानाले खोकी, दम तथा पिसाब पोल्नेजस्ता समस्याबाट छुटकारा पाउन सहयोग मिल्दछ । गाजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ ।

· तपाईंलाई धेरै पाद आइरहने समस्या छ ? यदि त्यसो हो भने एक कप गाजरको रसमा दुई चम्चा काउलीको रस मिलाएर पिउनुहोस् । त्यसले ग्यास आइरहने समस्याबाट मुक्ति दिलाउछ ।

· गाजरमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । त्यसले यसको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै ढल्कँदो उमेरको नकारात्मक असर पनि कम गर्दछ । साथै यसले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।  एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment