Comments Add Comment

१३० श्रीमती तथा २०३ बच्चा भएका पुरुषले संसार छाडे

पूरै एउटा गाउँ नै बसाउन मिल्ने संख्यामा श्रीमती तथा बच्चाबच्ची बनाएर कीर्तिमान कायम गरेका नाइजेरियाका मौलवी मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा निधन भएको छ ।

आफ्नो जिवनकालमा १ सय ३० जना महिलासँग बिहे गरेका अबुबकरका कुल २ सय ३ जना बच्चाबच्ची जन्मिएका थिए ।

बढी भन्दा बढी बिहे गर्नु आफ्नो जिवनको पवित्र मिसन रहेको र सोही कामका लागि आफू दुनियाामा आएको बताउने अबुबकर पछिल्लो समय थला परेका थिए र बिमारी अवस्थामा आफ्नै घरमा उनको मृत्यु भएको हो ।

ती कीर्तिमानी पुरुषको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरु सामेल भएका थिए । उनी कुरानको आफुखुसी तथा विवादित व्याख्या गरेर समेत चर्चामा आएका थिए । कुनैपनि पुरुषले आफुले जति चाह्यो उति बिहे गर्नसक्ने भनी कुरानमा लेखिएको उनको जिकिर हुने गर्दथ्यो । उनका अनुसार पुरुषले कुनै दुखदर्द विना जतिवटी श्रीमतीलाई सम्हाल्न सक्छ उति बिहे गर्ने हक राख्दछ ।

सन् २००८ मा मुस्लिम धर्मगुरुहरुले उनको तिव्र आलोचना गरी ऊबेलासम्मका उनका ८४ श्रीमतीमध्ये ८० श्रीमतीलाई तलाक दिन माग गरेका थिए । तर त्यसको जवाफमा उनले बिहे गर्नु आफ्नो पवित्र उद्धेश्य तथा मिसन रहेको बताएका थिए ।

उनले कुल १३० महिलासँग बिहे गरे । उनका केही श्रीमतीहरु ऋहिलेपनि गर्भवती रहेको बताइन्छ जबकी उनले २०३ जना बच्चा पहिले नै जन्माइसकेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment