Comments Add Comment

ट्रम्पको यात्रा प्रतिबन्ध आदेश अदालतद्वारा खारेज

वासिङटन । इरान, सिरिया र इराकसहित ७ वटा मुलुकका यात्रुलाई अमेरिकामा यात्रामा प्रतिबन्ध लगाउन ट्रम्पले जारी गरेको कार्यकारी आदेश वासिङट्नको सियाटलका संघीय न्यायाधीशले रोक लगाइदिएका छन् ।

ट्रम्पको आदेश तत्काल कार्यन्वयन नगर्नु भन्ने ती न्यायाधीशको आदेशसँगै राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश निष्प्रभावी भएको छ । योसँगै राष्ट्रपति ट्रम्पले न्यायाधीश बिरुद्ध ट्वीटरमार्फत् कडा आलोचना गरेको छन् भने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यसअघि जारी गरेका आदेश स्थगन गरेको घोषणा गरेको छ ।

होमल्याण्ड सेक्युरिटीले यसअघि राष्ट्रपतिले जारी गरेको आदेश कार्यन्वनय गर्नु नपर्ने भन्दै ट्रम्पको आदेशमार्फत् बदर भएका अमेरिकी भिषाहरु पुर्नस्थापित गरेको घोषणा गरेको छ । स्टेट डिपार्टमेन्टले ट्रम्पको आदेशपछि एक साताको अबधिमा करिव ६० हजार भिषा रद्द गरिसकेको थियो जुन पुनःस्थापित भएको बताइएको छ ।

ट्रम्पको आदेशलाई बदर गर्ने अदालतको आदेशसँगै अब आप्रवासीलाई भिषा प्रदान गर्ने नीति पुरानै अबस्थामा फर्किएको छ । परिवर्तित परिस्थिीतिसँगै बिमान कम्पनीहरुले प्रतिबन्धित भएका सातवटा देशका यात्रुहरु पनि बोक्न थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment