+
+
Shares

प्रचण्ड नेतृत्वको सत्ता गठवन्धन दक्षिणपन्थी र आपराधिकः ओली

'सरकारसँग बसेर आफ्नो कद घटाउने काम एमालेले किन गर्ने ?'

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २३ गते १७:५७

२३ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठवन्धन दक्षिणपन्थी र आपराधिक भएको आरोप लगाएका छन् । साथै यो सरकारलाई विदेश नीति के भन्ने नै थाहा नभएको टिप्पणी गरेका छन् ।

आइतबारबाट सुरु भएको युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिलेको अपवित्र, दक्षिणपन्थी र आपराधिक गठवन्धन । यो गठवन्धन वास्तवमा राष्ट्रियताको विपक्षमा छ ।’

तर, प्रधानमन्त्री प्रचण्डले झुटको खेती गरिरहेको ओलीको आरोप छ ।

‘तराई र पहाड टुक्राउने अनि तराई र पहाडको एकता फलाउने फुलाउने भनेर भ्रम फिजाइरहेको छ,’ उनले भने, ‘अहिलेका प्रधानमन्त्रीबाट अरुले पनि झुटो कसरी बोल्ने भन्ने सिकेर त्यही त्यही कुरा गर्दै हिडेका छन् ।’

सरकार राष्ट्रहित विपरित चलेको भन्दै उनले त्यसलाई रोक्न युवाहरु सचेत हुनुपर्ने बताए ।

एमाले अध्यक्ष ओलीले प्रचण्ड सरकारसँग परराष्ट्र नीति बनाउने हैसियत नरहेको टिप्पणी गरे ।

साझा विदेश नीति बनाउन छलफल गर्नुपर्‍यो भन्दै एमालेलाई बोलाएको सुनाउँदै ओलीले भने, ‘जसले विदेश नीति नै बुझेको छैन । लम्पसार मात्र बुझेको छ । त्यस्तासँग बसेर बेकार आफ्नो कद घटाउने काम एमालेले किन गर्ने ? तिनीहरु विदेश नीतिका सन्दर्भमा बसेर कुरा गर्न लायक पनि छैनन् ।’

उनले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेसम्वद्ध अनेरास्ववियूलाई साथ दिन पनि युवा संघ नेपालका नेतृत्वलाई निर्देशन दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?