+
+

सुनकाण्डमा समातिएका एसएसपी खत्रीलाई अदालत लगियो

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २४ गते १३:०५

२४ माघ, काठमाडौं । विमानस्थल सुनकाण्ड प्रकरणमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने भएकाले नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआइबी) ले एसएसपी खत्रीलाई अदालतमा हाजिर गराएको हो ।

कालो ज्याकेट र खैरो पाइन्ट लगाएका खत्री अदालतमा गाडीबाट ओर्लिएपछि घोसेमुन्टो लगाएर हिँडेको दृश्य देखिन्थ्यो ।

एयरपोर्टबाट बरामद गरिएको ३४ किलो सुन तस्करीमा संलग्नता रहेको आरोपमा एसएसपी खत्री आइतबार प्रहरी हेडक्वार्टरबाटै पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?