Comments Add Comment

दुईवटै बोइङ लिलाम गर्ने वायुसेवा निगमको घोषणा


२४ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना दुईवटै बोइङलाई लिलाम गर्ने निर्णय गरेको छ । पहिलो चरणमा निगमसँग अहिले रहेको बोइङ-७५७ लाई एक हप्ताभित्रै लिलामी प्रक्रियामा लैजान लागेको हो ।

काठमाडौंमा भएको पकार सम्मेलनमा नेपाल बायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बोइङहरुलाई लिलामी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

३० वर्षभन्दा बढी समय चलेपछि यि बोइङलाई निगमले हटाउन लागेको हो । अब वायुसेवा निगमले वाइडबडीबाट मात्रै सेवा दिने तयारी गरेको छ ।

‘लिलाम हुने बोइङ कमेरिकासम्म उडाएर नै लैजान सकिने स्थितिमा छन्’ कंशाकारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment