Comments Add Comment

जनवादी बिहेका ‘मूल पूरोहित’ ओलीले भने-बिहेसँग लैनो भैंसीको के साइनो ?

नेताको बिहेमा लड्डु र पकौडाको भोज

२४ माघ, काठमाडौं । प्रधानमन्त्रीबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा दौर सुरुवालमा मात्रै सहभागी हुने गरेका एमाले अध्यक्ष केपी शर्मा ओली सोमवार एउटा जनवादी विवाहेमा भने टाइ सुटमा पुगे ।

एमाले सम्बद्ध अनेरास्ववियुका सचिव समिक बडाल र सचिवालय सदस्य सम्झना अधिकारीको ‘जनवादी विवाहे’मा सांकेतिक मूल पूरोहितको भूमिकामा देखिएका ओलीको ‘गेटअप’ निम्तालुहरुबीच चर्चाको विषय बन्यो ।

नवविवाहित जोडीलाई बधाई दिँदै ओलीले सिंगो पार्टीको तर्फबाट उनीहरुको दाम्पत्य जीवन औपचारिक रुपमा अघि बढेको घोषणा गरे ।

वैवाहिक समारोको आयोजक वर बधुका परिवार नभएर अनेरास्ववियु केन्द्रीय कमिटी थियो । संगठनकै कामका सिलसिलामा चिनजान र प्रेम सम्बन्ध भएपछि संगठनकै अनुमतिमा उनीहरुबीच विवाह भएको अध्यक्ष नविना लामाले बताइन् । उनले भनिन्, दुवैजनाले संगठनको अनुमतिमा जनवादी बिहे गरेका हुन् ।’

वैवाहिक कार्यक्रमलाई केहीबेर औपचारिक बनाइएको थियो । मण्डपको साटो मञ्चमा बर बधु र उनका अभिभावकसहित पार्टीका नेताहरु बसेका थिए । समिक र सम्झनाको परिवार नै अनेरास्ववियु भएकाले परिवारले नै वैवाहिक समारोह आयोजना गरेको महासचिव ऐन महरले सुनाए ।

विवाहका निम्तालुलाई अखिलको तर्फबाट लड्डु, केरा र पकौडाको भोज दिइएको थियो ।

वर बधुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले भड्किलो र खर्चिलो बिहे नगर्न युवा कार्यकर्ताहरुलाई सुझाव दिए । उनले भने, हिजो अस्ति मात्रै लैनो भैंसी दाइजो नपाउँदा बिहे नै भाँडिएको समाचार आयो । हेर्दा खेरि बिहेसँग लैनो भैंसीको के साइनो त ? तर पनि समाजमा अझै यस्ता विकृति छन् ।’

उनले अघि भने, कतिपयले बिहेमा भोज खुवाउन ऋण गर्नु परेको छ । यस्तो संस्कार तोड्न यो खालको विहेलाई प्रश्रय दिऊँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment