Comments Add Comment

शिल्पा र छविको फिल्ममा साम्राज्ञीको विशेष भूमिका


निर्माता छविराज ओझाले छायांकन भैरहेको चलचित्र ‘मंगलम’मा अहिलेकी हट केक नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई खेलाउने तयारी गरेका छन् । यो चलचित्रको छायांकन सुरु भएको १८ दिन भयो । १८ औं दिनपछि नायिका शाहलाई चलचित्रमा प्रवेश गराउन लागिएको हो ।

हुनत, यो बिषयमा यसको निर्माणपक्षले केहि पनि बोल्न चाहँदैन । वुझिएअनुसार साम्राज्ञी चलचित्रमा खेल्न राजी भैसकेकी छिन् । छविराज ओझाका छोरा साकार ओझाको मिल्ने साथी भएकाले पनि साम्राज्ञी यो चलचित्र खेल्न तयार भएकी हुन् ।

शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका रहेको यो चलचित्रमा साम्राज्ञीको भूमिका कस्तो हुने भन्ने बिषयमा यसको निर्माणपक्षले बोल्न चाहेको छैन । यस बिषयमा निर्देशक नवल नेपालले अनलाइनखबरसँग भने-‘अहिले को नायिका खेल्ने भन्ने पक्का भएको छैन । निर्माता र साम्राज्ञीजी विच मौखिक या लिखित सहमति के भएको छ, मलाई जानकारी छैन ।’

उनले भने-‘चलचित्रमा केकी, साम्राज्ञी वा अरु कोहि नायिका भएपनि भूमिका पावरफूल छ । चलचित्रमा उहाँको कुनै गीत छैन । तर, भूमिका पावरफूल नै हो । यसलाई विशेष वा केमियो केहि पनि भन्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment