Comments Add Comment

अनलाइन पत्रिकामा प्रहरी हस्तक्षेपप्रति अनलाइन पत्रकार संघको आपत्ति

२५ माघ, काठमाडौं । दूरसञ्चार प्राधिकरणले नेपाल प्रहरीको हवाला दिँदै केही अनलाइनपत्रिकाहरुमाथि अवरोध गरेकोप्रति अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ ।

अनलाइनहरुमा प्रकाशित समाचार सामाग्रीकै कारण नेपाल प्रहरीको निर्देशनमा प्राधिकरणले न्यूजसेवा डटकम, दीयो पोस्ट डटकम र आर्थिक न्यूज डटकमलाई ब्लक गरेपछि अनलाइन पत्रकार संघले आपत्ति जनाएको हो ।

संघका अध्यक्ष प्रवेश सुवेदीले एक विज्ञप्ति जारी गर्दै संविधानले ग्यारेटी गरेको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत सञ्चार माध्यममा अवरोध पुर्‍याएको भन्दै भत्र्सना गरेका छन् ।

सञ्चार माध्यमबाट प्रकाशित/प्रसारित सामग्रीप्रति आपत्ति भए कानुनीबाटो अबलम्बन गर्न संघले नेपाल प्रहरी र प्रधिकरणसँग आग्रह गरेको छ ।

केही अनलाइन न्यूज पोर्टलहरुमा पछिल्लो समय नेपाल प्रहरीमा डीआईजीको बढुवाका विषयमा लगातार समाचारहरु प्रकाशित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment