२५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा धेरै बिदा हुँदा विकास र सरकारी काममा बाधा सिर्जना भएको बताएका छन् ।
प्रजातन्त्र दिवस मुल समारोह आयोजक समितिको बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काम भन्दा बिदा बढी भएको टिप्पणी गरे ।
ऐतिहासिक घटनाक्रम तथा भाषा, धर्म र संस्कृतिको सम्मान गर्ने बहानामा अनावश्यक बिदा भएको भन्दै उनले यसलाई कटौती गरेर विकास निर्माण तथा अन्य काममा लगाउनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक राजनीतिक उपलब्धी हासिल भएको दिन भएपनि फागुन ७ औपचारिकतामा मात्र सीमित हुने बिगतको परम्परालाई यसपटक पनि निरन्तरता दिइने बताएका छन् ।
साथै फागुन ७ नै मुलुकमा निर्वाचन प्रक्रिया सुरु भएकाले प्रजातन्त्र दिवसलाई बाधा नपर्ने गरी निर्वाचन दिवस मनाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिए ।
सरकारले प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री प्रचण्डको संयोजकत्वमा विभन्न उपसमिति गठन गरेको छ ।
प्रतिक्रिया 4