+
+
Shares

गुरुलाई कंगनाले दिइन् २ करोडको फ्ल्याट उपहार

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २६ गते १३:२१


बलिउड नायिका कंगना रनौतले आफ्ना योगा गुरुलाई २ बेडरुमको फ्ल्याट उपहार दिएकी छिन् । अंधेरीमा रहेको यो फ्ल्याटको मुल्य दुई करोड रुपैयाँ बराबरको रहेको भारतीय समाचार संस्थाले उल्लेख गरेको छ ।

गुरु सूर्या नारायणलाई गुरु दक्षिणा स्वरुप फ्ल्याट उपहार दिएको कंगनाको भनाई छ । १८ वर्षको उमेरदेखि योगा सिक्दै आएकी कंगनाको योगा गुरुसँग पहिलो भेट जुहूबिचमा भएको थियो । उनको प्रशिक्षण स्टाइल देखेर प्रभावित कंगनाले अहिलेसम्म नियमित योगा प्रशिक्षण लिदै आएकी छिन् ।

अहिले कंगनाले दिएको घरमा योग सेन्टर खोलिने भएको छ भने बाल्कोनीमा कफिसप खोल्ने योजना प्रशिक्षक सूर्याको छ । यो घरको डिजाइन पनि कंगना आफैले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?