+
+
Shares

कता हराए एक्सनमा जमेका आयुष ?

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २६ गते १३:३३


चलचित्र ‘हिफाजत’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएका नायक आयुष रिजाल अहिले हराए जस्तै छन् । उनलाई नेपालका चर्चित ब्यानरले पत्याएका छैनन् भने उनले पनि भनेजस्तो चलचित्र पाएका छैनन् ।

हुनत, उनी अभिनित चलचित्र ‘मेरो देश’ फागुण ६ गते रिलिज हुँदैछ । तर, पनि आयुषको स्टारडमले काम गर्छ भनिहाल्ने अवस्था छैन । नायिका रेखा थापा, छविराज ओझा जस्ता निर्मातासँग काम गरेका आयुष एकाएक हराए । उनी नेपाली चलचित्रमा एक्सन नायकको रुपमा जम्दै थिए । तर, अहिले उनको नाम चलचित्र बजारमा खासै छैन ।

आयुषले नेपाली चलचित्रमा व्यस्तता कम भएपछि भोजपुरीमा पनि काम नगरेका होइनन् । तर, उनलाई त्यता पनि लक लागेन । आयुष हराउनुको पछाडि नेपाली चलचित्र क्षेत्रमा बदलिएको कथा भन्ने शैली हो भन्छन् धेरै विश्लेषक । दयाहाङ राई, सौगात मल्ल जस्ता कलाकारको उदय हुनु, चलचित्र क्षेत्रको कथा भन्ने शैली फेरिनु नै आयुष हराउनुको मुख्य कारण थियो ।

अर्कोतिर, आयुषले अफर आएका सबैजसो चलचित्रमा काम गरे । जसकाकारण, पनि उनलाई यो क्षेत्रमा लामो समयसम्म टिक्न गाह्रो भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?