Comments Add Comment

महानिरीक्षक नियुक्तिको विवाद स्वाभाविकः वर्षमान पुन

२७ माघ, विराटनगर । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले प्रहरी महानिरीक्षक नियुक्तिमा दलहरुबीच विवाद हुनु स्वाभाविक भएको बताएका छन् । तर, विधि र प्रक्रिया अनुसार नै नयाँ महानिरीक्षक नियुक्त हुने पनि उनले बताए ।

माओवादीका प्रभावशाली नेता पुनले बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सो कुरा बताएका हुन् ।

अर्को प्रसंगमा उनले विपक्षी दलहरु पनि निर्वाचनमा जाने सर्तमा संशोधन विधेयक परिमार्जन गर्न लागिएको बताए ।

स्थानीय तह हुने गरी निर्वाचन सम्बन्धी ऐन पास भइसकेको र निर्वाचन आयोगलाई पनि चुनाव गराउन सरकारले निर्देशन दिइसकेकाले जेठ महिना भित्र कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुने उनले स्पष्ट पारे ।

यो पनि पढ्नुहोस् 

आइजीपी नियुक्तिमा प्रचण्ड र देउवाबीच झगडा, क्याबिनेट बैठक स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment