Comments Add Comment

यस्तो रहेछ बजारमा दयाहाङकै माग हुनुको कारण


संभवत, बजारको निरन्तर खेदोका कारण नायक दयाहाङ राई पनि अब थाकेका छन् । न्याचुरल अभिनयका कारण दर्शकको मनमा बस्न सफल दयाका अब कुनै चलचित्रको प्रचार सामाग्री रिलिज हुँदा दर्शकले वाक्क मान्न थालेका छन् । जुन, चलचित्रमा पनि दयाहाङ नै किन भन्दै दर्शकले प्रश्न गर्न थालेका छन् । पछिल्ला केहि चलचित्रका ट्रेलर र टिजरमा देखिएको प्रतिक्रियाले पनि यो भन्न सकिन्छ ।

बर्षमै दर्जन बढी चलचित्र रिलिज हुँदा र अधिकांश असफल हुँदा पनि दयाको माग चलचित्र बजारमा घटेको छैन । निर्माताहरु उनी भनेपछि लाखौ रकम खर्च गर्न तयार छन् । आखिर, किन यस्तो ? वुझिएअनुसार दयाको माग नेपालमा भन्दा पनि विदेशमा बढी छ । ओभरसिजमा अहिले चलचित्र विक्ने भनेकै दया र सौगातको बढी हो ।

अझ, दयाको मुख्य भूमिका रहने भनेपछि निर्माताहरु लाखौ रकम खर्च गर्न तयार हुन्छन् । जसकाकारण, ओभरसिज मार्केटका कारण पनि दयाको माग झनै बढेको हो ।

हालैमात्र, एक चलचित्रको लागि अष्ट्रेलियामा बस्दै आएका एक व्यक्तिले ३० लाख रुपैयाँ लगानी गर्न तयार भए । चलचित्रमा दयाहाङ हुनुपर्ने उनको माग थियो । अष्ट्रेलियाको पूर्ण अधिकार लिएर उनी दयाका लागि ३० लाख लगानी गर्न तयार भए ।

तर, दयाको समय नमिलेपछि चलचित्रमा नायक सौगात मल्ल अनुवन्धित भए । अब, उनै निर्माता सो चलचित्रमा १० लाख लगानी गर्न हिच्किचाइरहेको वुझिएको छ । दयाका चलचित्रका लागि विभिन्न देशको प्रदर्शन अधिकार लिएर मानिसहरु लाखौ लगानी गर्न तयार छन् ।

जसकाकारण, चलचित्र असफल हुँदा पनि दयाहाङको डिमाण्ड बलियो छ । नेपाली चलचित्र बजारमा दयाहाङले धेरै चलचित्र खेल्न हुँदैन भन्ने विश्लेषण भैरहेको छ । तर, दयाहाङ भने ‘धेरै खेलौ, पैसा कमाइहालौ’ भन्ने नीतिमा देखिएका छन् । यसले, आज चम्किएको उनको ओभरसिज मार्केट चाडै नै नखस्किएला भन्न कहाँ सकिन्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment