२८ माघ, कैलाली । उर्जामन्त्री जनार्दन शर्माले दार्चुलामा निर्मित चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
धनगढीमा शुक्रबार प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले ३० मेघावाटको चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै केही दिनमै उत्पादन सुरु हुने जानकारी दिए ।
मन्त्री शर्माले सुदूरपश्चिमेलीहरुले गर्वको रुपमा लिएको पश्चिम सेती परियोजनाको समेत काम अगाडी बढीसकेकाले सुदूरपश्चिमेली जनताहरुलाई आयोजना निर्माण हुने कुरामा ढुक्क रहन आश्वासन दिए ।
पत्रकारको एक अर्को जिज्ञाशामा मन्त्री शर्माले झोलामा खोला बोकेर हिड्नेहरुको दिन अब नरहेको बताउँदै काम नगर्ने तर लाइसेन्स लिनेहरुको लाइसेन्स खारेजी गरिएको र केहीको खारेजीको क्रममा रहेको जानकारी दिए ।
मन्त्री शर्मा शुक्रबार महेन्द्रनगर पुगेर शनिबार दार्चुलामा निर्मित चमेलिया जलविद्युत आयोजनाको निरीक्षण गर्नेछन् ।
प्रतिक्रिया 4