१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई उल्टयाउन अतिवादी चलखेल भइरहेको बताएका छन् ।
तत्कालीन माओवादीले जनयुद्ध थालेको २१ वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई उल्टयाउने खेलमा साम्राज्यवादी शक्तिको घुसपैठ भइरहेको हुन सक्ने आशंका गरे ।
एक वर्षभित्र निर्वाचन नभए मुलुक गम्भिर दुर्घटनामा फस्ने सक्ने भन्दै सच्चा देशभक्त कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हुन आहृवान गरे ।
जनयुद्धको जगमा मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै त्यसलाई जोगाउनु आजको मुख्य चुनौति भएको बताए ।
उनले मधेसको मागलाई सम्बोधन गर्न आफूले गरिरहेको प्रयासमा भाँजो हाल्न अतिवादी शक्ति लागि परेको आरोप पनि लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4