+
+
Shares

एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अपुग

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २ गते १३:२९

२ फागुन, महोत्तरी । बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको छ ।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रकम अपुग भएको बताए ।

पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते बस्ती निर्माण भइरहको छ र, अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ । आगामी वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताए ।

बस्ती निर्माणका लागि अहिलेसम्म दुई करोड संकलन भएको छ । अढाई करोड रकम अपुग भएको भन्दै उनले सहयोगका लागि अपिल गरे ।

जसरी भएपनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?