Comments Add Comment

आलियाले अब प्रेमीको विषयमा बोल्दै नबोल्ने

बलिउड नायिका आलिया भट्ट जुन फिल्ममा काम गर्छिन्, त्यो फिल्मको हिरोसँग उनको नाम जोडिएको हुन्छ । विगतमा सिद्धार्थ मलहोत्रा, वरुण धवन, अर्जुन कपुरजस्ता हिरोसँग उनको नाम जोडेर गसिपहरु बने । आलिया स्वयम्ले भने आफू कसैको प्रेममा नपरेको बताउँदै आएकी छिन् ।

पछिल्लो समय आलियाले प्रेमीको विषयमा पटक्कै मुख नखोल्ने निर्णय लिएकी छिन् । ‘तम्मा तम्मा लोगे’ गीतको रिमेकको लन्चका अवसरमा उपस्थित भएकी यी २३ वषिर्या नायिकालाई पत्रकारहरुले उनको पछिल्लो प्रेमीका विषयमा जिज्ञासा राखेका थिए ।

यसको जवाफमा आलियाले भनिन्, ‘मलाई वचन दिनुस कि तपाईंहरु मेरो प्रेमीको विषयमा कुनै प्रश्न गर्नुहुनेछैन । कृपया कुनै प्रश्न नगर्नुस ।’ आलियाले यति भनेपछि पत्रकारहरुले पनि थप कर गरेनन् ।

तम्मा तम्मा गीतको नयाँ संस्करण आलिया र वरुण धवनको आगामी फिल्म बद्रीनाथकी दुल्हनीयामा समावेश गरिएको छ । यो गीतको मौलिक संस्करण थानेदार फिल्ममा थियो, जसमा माधुरी दीक्षित र सञ्जय दत्तले अभिनय गरेका थिए । बद्रनाथकी दुल्हनीया आगामी १० मार्चमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment