Comments Add Comment

दाङ देउखुरी समाज युएईको अध्यक्षमा कमल गिरी

दुबई । रोजगारीको सिलसिलामा  दुबई आएका नेपालीहरुको सामाजिक संस्था दाङ देउखुरी समाज, युएईको अध्यक्षमा कमल गिरी चयन भएका छन् । सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा क्रमशः सन्तोष धिताल , पिमबहादुर केसी र सूर्यबहादुर केसी रहेका छन् ।

शुक्रबार दुबईमा सम्पन्न पहिलो साधारसभाले समाजको महासचिवमा एकराज रिजाल, सचिवमा नारायण आचार्य, कोषाध्यक्षमा धनीराम सुवेदी, प्रवक्तामा प्रेमबहादुर चन्दलाई चयन गरेको छ । समितिको सदस्यहरुमा बिश्वदेव शाह, अमरसिंह खत्री, देवराज ओली, बालकृष्ण बुढा, सुनीता सुनार, शर्मिला डिसी, दिलाराम वली, बिष्णु बुढाथोकी रहेका छन् । साथै शान्त गिरी, नरेश सेन, चित्र नेपाली र राज कुमार यादव रहेको एक सल्लाहकार समिति पनि गठन गरिएको छ ।

‘सुरक्षित प्रवास, समृद्ध समाज निर्माण हाम्रो अभियान’ को मूलनाराका साथ युएईमा स्थापित दाङवासीहरुको साझा संस्था दाङ देउखुरी समाज युएईको प्रथम साधारणसभाले गिरीलाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो ।
समाजका निवर्तमान अध्यक्ष शान्त गिरीको अध्यक्षता एवं संरक्षक शालिक सुवेदीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

अन्य सामिाजिक संस्था प्रतिनिधिसहित दाङवासीहरुको उल्लेख उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो । संस्थाका उपाध्यक्ष सन्तोष धितालको स्वागत मन्तव्यबाट शुरु भएको औपचारिक कार्यक्रममा समाजका सचिव एकराज रिजालले कार्यप्रगति प्रतिवेदन पेस गरेका थिए ।

कोषको जिम्मेवारी सम्हालेका पिमबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित अथितिहरुले समाजले गरेका सकारात्मक कामहरुको प्रशंसा गर्दै शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

संस्थाको सबै क्षेत्रीय समितिका पदाधिकारी समेत उपस्थित कार्यक्रममा क्षेत्रीय समिति प्रतिनिधिले आफ्नो क्षेत्रको गतिविधि समेत प्रस्तुत गरे । प्रथम अधिवेशनले युएईका सबै प्रान्त सहित दाङको समेत सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व रहने गरी कमल गिरीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

नयाँ कार्यसमितिलाई बधाई एवं शुभकामना ब्यक्त गर्दै संस्थाका संरक्षक रहेका व्यापारी तथा समाजसेवी सालिक सुवेदीले समाजले युएईमा रहेका जिल्लावासीहरुको अप्ठ्यारो परिस्थितिमा अभिभावकीय भूमिका निर्वाह गर्दै आईरहेकोमा आगामी दिनमा अझ सबै क्षेत्रमा रहेकालाई समाजमा समेट्दै नयाँ उचाई दिनुपर्नेमा जोड दिएका थिए ।

उनले अघिल्लो कार्यसमितिले समेत गरेको कार्यको प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गरे । त्यस्तै नयाँ समितिलाई पद एवं कार्यभार हस्तान्तरण गराउँदै निर्वतमान अध्यक्ष शान्त गिरीले बधाई एवं सफलताको शुभकामना प्रदान गर्दै समाजको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । अध्यक्ष कमल गिरीले संस्थालाई युएईमा रहेका सबै दाङवासीहरुलाई परेका समस्या तथा अप्ठ्यारा परिस्थितिहरुमा ओढ्ने छाताका रुपमा विकास गर्न आफू र आफ्नो टिम लागिपर्ने प्रतिबद्धता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment