Comments Add Comment

गौरव र वसन्तको ‘मीतज्यू’

काठमाडौं । गौरव गुरुङको शब्द र वसन्त मुकारुङको सङ्गीत रहेको गीति एल्बम ‘मीतज्यू’ सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि वैरागी काइँलाले कृतिपूजा गर्दै गीति एल्बम सार्वजनिक गरे । उनले एल्बमभित्रका सबै गीतहरु सुन्दर लागेको भन्दै गीतकार र संगीतकार जोडीको सहकार्य नेपाली संगीतका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरे । यस्तै, प्राज्ञ श्रवण मुकारुङले गौरव र वसन्तको साङ्गीतिक यात्राको चर्चा गर्दै ‘मीतज्यू’ भित्रका सबै सिर्जना अब्बल रहेको दावी गरे ।

एल्बमबारे वरिष्ठ गीतकार चेतन कार्की, संगीतकार सुरेश अधिकारी, नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, सञ्चारकर्मी नरेश भट्टराईले पनि टिप्पणी गरेका थिए ।

एल्बमभित्र रहेका ६ वटा गीतमा प्रकृति, समाज, प्रेम जस्ता विषय समेटिएको छ । गीतहरुमा रिमा गुरुङ होडा, अञ्जु पन्त, भीषण मुकारुङ, सुनिता थेगिम लिम्बू, अशोक मुकारुङ, लासमित राई र सुनिता थेगिमको स्वर छ । गीतहरुको संगीत संयोजन फणिन्द्र राईले गरेका छन् ।

कार्यक्रममा एल्बमभित्रका ‘झुल्के घामसँगै’ र ‘धेरैपछि भेटेको’ बोलको गीतका म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment