४ फागुन, डडेलधुरा । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
गाडीका ११ जना यात्रु रहेकामा अन्य सबै घाइते छन् । गाडी धनी भीम सिंह ठगुन्नासहित तीन घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका मृतकको पहिचान खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4