+
+
Shares

भारत-पाकिस्तान सैन्य आक्रमणप्रति विश्व नेताहरूले के भने ?

भारतको ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाहीले परमाणु शक्ति सम्पन्न दुवै देशबीच तनाव बढेको छ । विश्व नेताहरूले दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १४:३४

२४ वैशाख, काठमाडौं । भारतले ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही सुरुवात गरी पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका विभिन्न स्थानहरूलाई लक्षित गरेपछि विश्वभर चिन्ता व्यक्त गरिएको छ।

भारतले ती स्थानहरूलाई ‘आतङ्कवादी प्रशिक्षण शिविर’ भएको आरोप लगाएको छ।

जवाफमा, इस्लामावादले भारतीय सेनालक्षित आक्रमण गरेको र केही लडाकु विमान खसालेको दाबी गर्दै भारतको आक्रमणलाई ‘युद्ध निम्त्याउने कार्य’ भनेको छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार एकै रातमा कम्तीमा २६ जनाको ज्यान गएको छ भने भारत-प्रशासित कश्मीरमा १० जनाको मृत्यु भएको छ।

अलजजिराका अनुसार परमाणु शक्ति सम्पन्न दुवै देशबीचको यस तनावप्रति विश्व नेताहरूले यसरी प्रतिक्रिया दिएका छन् :

संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

‘यो निकै दुःखद कुरा हो। मैले यसबारेमा भर्खरै सुनेँ । मलाई लाग्छ केही मानिसलाई केही न केही हुने अनुमान पहिले नै थियो । उनीहरूले धेरै लामो समयदेखि लड्दै आएका छन्- कयौँ दशकदेखि । म चाहन्छु यो चाँडै सकियोस्,’ ट्रम्पले भने ।

संयुक्त राज्यका विदेशमन्त्री मार्को रुबियो

अमेरिकी प्रशासनले दक्षिण एशियामा बढ्दो सैन्य तनावबारे नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

‘म भारत र पाकिस्तानबीचको अवस्थालाई नजिकबाट नियालिरहेको छु। म राष्ट्रपति ट्रम्पको आज बिहानका भनाइलाई दोहोर्‍याउँछु- यो संकट चाँडै टुंगोमा पुगोस् भन्ने हाम्रो आशा छ। हामी दुवै देशका नेतृत्वसँग शान्तिपूर्ण समाधानका लागि संलग्न रहनेछौं,’ रुबियोले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

चीनले भन्यो – भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण छ

मे ७ मा भारतद्वारा पाकिस्तानमाथि गरिएको एयर स्ट्राइकप्रति चीनको विदेश मन्त्रालयका प्रवक्ताले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, ‘भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण छ। हामी अहिलेको परिस्थितिप्रति चिन्तित छौं। भारत र पाकिस्तान दुवै एक-अर्काका मात्र होइन, चीनका पनि छिमेकी हुन्।’

चीनले दुवै देशलाई शान्ति र स्थिरतालाई प्राथमिकतामा राख्न, संयमता अपनाउन र परिस्थिति झनै झटिल हुने कुनै पनि कठिन कदम नचाल्न आग्रह गरेको छ ।

इजरायलको समर्थन

भारतका लागि इजरायलका राजदूत रेउवेन अजारले मे ७ मा सामाजिक सञ्जाल एक्समा लेख्दै भारतको कदमको समर्थन गरेका छन्। उनले भने, ‘आत्मरक्षाको भारतको अधिकारको हामी समर्थन गर्छौं। आतंककारीहरूले बुझ्नुपर्छ कि निर्दोष मानिसहरूमाथि गरिएको उनीहरूको घृणित अपराधबाट अब संसारमा कतै पनि उम्किने ठाउँ छैन।’

संयमता अपनाउन यूएईको आग्रह

संयुक्त अरब इमिरात (यूएई) ले भारत र पाकिस्तान दुवै देशलाई चेतावनी दिँदै संयमता अपनाउन भनेको छ ।

यूएईका उपप्रधानमन्त्री तथा विदेश मामिलाका मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानले दुवै पक्षलाई संयम अपनाउनतनाव घटाउन र राजनीतिक संवादमार्फत विवाद समाधान गर्न आग्रह गरेका छन्।

त्यस्तो अवस्था सिर्जना नगर्नुहोस्जसले क्षेत्रीय मात्र होइनअन्तर्राष्ट्रिय शान्तिमा पनि खतरा पैदा गर्छ,‘  उनले भने, ‘विवाद समाधानको सबैभन्दा उपयुक्त उपाय कूटनीति र संवाद हो ।

टर्कीका विदेशमन्त्री हकान फिदानले पनि पाकिस्तानका उपप्रधानमन्त्री मोहम्मद इशाक डारलाई फोन गरेर ऐक्यबद्धता जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?