+
+

देउवालाई माधव नेपालको प्रश्न- डडेलधुरामा विमानस्थल किन चाहियो ? कमिसन खान ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १२:५९

२५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले डडेलधुरामा विमानस्थल किन चाहियो भनेर पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कमिसन खान पाइन्छ भनेर नचल्ने ठाउँमा पनि विमानस्थल निर्माण भइरहेको बताए ।

‘जिल्लाको नाम भन्यो फेरि थाहा होला अरु कसैलाई, सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ?’ नेपालले प्रश्न गरे ।

उनले अगाडि थपे, ‘त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु पर्‍यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ ।’

नेपालले प्रश्न गरे, ‘आवश्यकता नभएको ठाउँमा विमानस्थल बनाउने निर्णय गर्नेहरू दोषी हुन्छन् कि हुँदैनन् ?’

नचल्ने ठाउँमा विमानस्थल बनाउने काम अहिले पनि जारी रहेको नेपालले टिप्पणी गरे । ‘त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो नोक्सान भइरहेको छ नेपाललाई त्यसको जिम्मेवार को ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?