+
+
Shares

सागर ढकालको भिडिओ सुदूरपश्चिममा ‘ट्रोल’

‘म त माछा मासु केही पनि खादिनँ । स्लिपिङ ब्याग राखेर भुइँमै सुतिदिन्छु, धेरै राम्रो होटेल पनि चाहिँदैन । सामान्य दालभात तरकारी मात्रै खाएको हो, कति न होला, हजार–पन्ध्र सय भनेको ! बिहान उठ्दा त बिल ४०–५० हजार !’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते ९:१७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट गुल्मी–१ मा उम्मेदवार रहेका सागर ढकालको भिडिओ यतिबेला सामाजिक सञ्जालमा ‘ट्रोल’ बनेको छ ।  ढकाल बोलेको भिडिओ डडेलधुरासँग सम्बन्धित भएकाले सो क्षेत्रका प्रयोगकर्ताले ट्रोल बनाइरहेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध डडेलधुरा पुगेर ढकालले टक्कर दिएका थिए । स्वतन्त्र रूपमा मैदानमा उत्रिएका ढकालले राम्रै चर्चा र जनमत बटुलेका थिए ।

यसपटक देउवा निर्वाचन नलड्ने भएपछि आफू डडेलधुराबाट नलडेको उनले बताउने गरेका छन् । रास्वपाले अहिले उनलाई गृहजिल्ला गुल्मीको १ नम्बर क्षेत्रमा टिकट दिएको छ ।

भिडिओमा ढकाल के बोलेका छन् ?

ढकालले गुल्मीकै एक चुनावी कार्यक्रममा बोलिरहेको भिडिओबाट जानकारी मिल्छ । ब्यानरअनुसार उक्त कार्यक्रम सोमबारको हो। जसमा उनले अघिल्लो पटक डडेलधुरा जाँदा भोगेको एक प्रशंग भनेर सुनाइरहेका छन् । जुन उनले पहिलो पटक डडेलधुरा जाँदाको प्रशंग भनेका छन् ।

‘पहिलो पटक डडेलधुरा गएँ । सुरुको दिन ४०/५० जना केटाहरू हुरूरू गर्दै बाइकमा । पहिलो दिन स्वागत गर्ने भनेर आए,’ ढकालले भिडिओमा भनेका छन्, ‘म त माछा मासु केही पनि खादिनँ । स्लिपिङ ब्याग राखेर भुइँमै सुतिदिन्छु, धेरै राम्रो होटेल पनि चाहिँदैन । सामान्य दालभात तरकारी मात्रै खाएको हो, कति न होला, हजार–पन्ध्र सय भनेको ! बिहान उठ्दा त बिल ४०–५० हजार !’

त्यत्रो पैसा कसरी आयो भनेर आफू छक्क परेको उनले अगाडि भनेका छन् । ‘कहाँबाट आयो यत्रो पैसा ? त्यहाँ त सबै बसेर मासु, बियर खाएका रहेछन्,’ ढकालले भनेका छन् । त्यसपछि आफूले ‘कोही पनि चाहिँदैन। एक्लै हिँड्छु’ भनेर पठाइदिएको भनेका छन् । ‘पछि चुनावभर एउटा बाइकमा दुई जना मात्रै बसेर प्रचार गर्‍यौँ,’ ढकालले भनेका छन् ।

यसरी डडेलधुराको प्रशंगमा बोलेको भिडिओबारे अहिले सामाजिक सञ्जालमा उनको चर्को टीकाटिप्पणी भइरहेको छ । उनलाई समर्थन गरेकाहरू कसले त्यसो गरेको हो? भनेर खुलाउन माग गरिरहेका छन् भने, विपक्षीहरूले सुदूरपश्चिम बद्नाम गरेको भनेर आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?