Comments Add Comment

लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीनैजना ‘अपहरण मुक्त’

प्रहरी भन्छ- अपहरण होइन, अपहरणको नाटक

भिष्म थापा

५ फागुन, कैलाली । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीको अपहरणमा परेका भनिएका लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीनैजना बिहीबार मुक्त भएका छन् ।

अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष विरेन्द्र विकले अनलाइनखबरसँग भने, ‘उहाँहरु सबैलाई आज नियन्त्रण मुक्त गरिएको छ र आफ्नो परिवारको सम्पर्कमा हुनुहुन्छ ।’

क्याम्पस प्रमुख भिष्म थापा, सहायक प्रमुख तथा निर्वाचन अधिकृत कमल विष्ट र उपप्राध्यापक अमर रावल बुधबार अखिल क्रान्तिकारीको अपहरणमा परेको भनिएको थियो ।

थापा, विष्ट र रावललाई अपहरण नगरेको तर, स्ववियु निर्वाचनको विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिइएको विकले दाबी गरे ।

प्रहरी भन्छ- अपहरणको नाटक

कैलाली प्रहरीले भने लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसहित तीनैजना अपहरणमा परेको नभई अपहरणमा परेको नाटक गरिएको आरोप लगाएको छ । शिक्षकहरु विप्लव माओवादी समर्थित भएकाले स्ववियु निर्वाचन हुन नदिन नाटक गरेको प्रहरीले आरोप लगाएको हो ।

क्याम्पस प्रमुख भिष्म थापाले विप्लव माओवादी विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि ७ बुँदे माग राखेकाले वार्ता गर्न भनेर मोटरसाइकलमा गएको र केहिछिनमै मोबाइल स्विच अफ गरेर बसेको आरोप प्रहरीको छ । आफै मोटरसाइकल चलाएर हिँडेका थापाले बाटोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई भेटेर वार्ता गर्न सुखडमा रहेको माघि होमस्टे जान लागेको बताएका थिए ।

बुधबार दिउँसो क्याम्पस परिसरबाटै अपहरण परेको भनिएका क्याम्पस प्रमुख थापाले घरमा श्रीमतीलाई फोन गरेर आफू राती ११ बजेसम्म आइपुग्ने जानकारी गराएको पारिवारिक श्रोतले जानकारी दिएको छ । तर घरमा प्रहरीले रेकी गरेको थाहा पाएपछि थापा पक्राउ पर्ने डरले नआएको हुन सक्ने प्रहरीको ठम्याई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment