+
+
Shares

निर्वाचन आयोगले पूर्णता पायो, निश्पक्ष चुनाव गराउने आयुक्तहरुको बाचा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ५ गते १७:१९


५ फागुन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले तीन निर्वाचन आयुक्त नियुक्त गरेकी छन् । यससँगै आयोगले पूर्णता पाएको छ ।

संवैधानिक परिषदको सिफारिस संसदीय सुुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौडेल र सुधिर कुमार शाहलाई बिहीबार निर्वाचन आयुक्त पदमा नियुक्त गरेका हुन् ।

नवनियुक्त निर्वाचन आयुक्तहरुले बिहीबार नै राष्ट्रपतिको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

नवनियुक्त आयुक्तहरुले समयमै निर्वाचन सम्पन्न गराउने प्रतिवद्धता जनाएका छन् । सपथपछि जमलस्थित बहादुर भवनमा पुगेर पदभार ग्रहण गर्दैै आयुक्तहरुले आयोगलाई राजनीतिक हस्तक्षेप मुक्त राख्ने अठोट पनि व्यक्त गरेका छन् ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र ढंगले सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयुक्त नरेन्द्र दाहालले बताए ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई समयमै सम्पन्न गराउने दायित्व पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले आयोगमा राजनीतिक हस्तक्षेप हुन नदिने बताए ।

अर्का आयुक्त सुधिरकुमार शाहले दलहरुले निर्वाचन आचार संहिता विपरित काम गरे कडा कारबाही हुने चेतावनी दिए । संविधानले दिएको अधिकार प्रयोग गरेर निर्वाचनलाई स्वच्छ, पारदर्शी र धाँधलीरहित बनाउने उनले बताए ।

आगामी २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले आगामी जेठमा चुनाव गर्ने तयारीका साथ स्थानीय तहको निर्वाचनको तयारी थाल्न आयोगलाई भनिसकेको छ । चुनावको मिति घोषणा हुन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?