+
+
Shares

अलग भएका मनोज र अन्जु एकसाथ

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ६ गते १३:२८


गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोज राजविच केहि बर्ष अगाडि डिभोर्स भयो । मिडियामा यी दुइको घरयासी लफडाका बिषयमा विभिन्न खबरहरु सार्वजनिक भए । पछि, यी दुइले अलग बस्ने निर्णय गरे । प्रेम विवाह गरेका यी दुइको अलग हुने निर्णयले धेरै संगीतप्रेमीहरुलाई चिन्तित बनायो ।

तर, समय सधै एकनाशको हुँदैन । मनोज र अन्जु फेरि एकसाथ देखिएका छन् । तर, यी दुइ पारिवारिक रुपमा एक भएका भने होइनन् । गायक मनोज राजले ‘मलाई माफ गर’ बोलको गीतमा ‘स्वर साम्राज्ञी’ अन्जुको आवाजमा रेकडिङ गरेको भन्दै फेसबुकमा तस्बिर पोष्ट गरेका छन् ।

अन्जु र मनोज एकसाथ देखिएपछि फेसबुकमा धेरैले खुशी व्यक्त गरेका छन् । मनोजले प्रतिक्रिया जनाउनेहरुलाई जवाफ दिदै भनेका छन्-‘नितान्त प्रोफेसनल काम हो हाम्रो । संयोग सुखद नै हो तर अन्यथा कसैले पनि नसोचिदिनुहोला । हामी कलाकारिताको काममा मात्र सिमित छौ । यसरी, नै वुझिदिनुहोला सबैले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?