+
+
Shares

कमल थापालाई प्रचण्डको आग्रहः मलाई मिलौं-मिलौं लाग्छ, टाढा नजानु होला

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ६ गते १७:५२
फाइल तस्वीर

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपालाई महाधिवेशनपछि पनि टाढा नजान अपील गरेका छन् ।

शुक्रबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा शुभकामना दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राप्रपा र आफ्नो एजेण्डा धेरै नमिले पनि मिलौं-मिलौ लाग्ने गरेको बताए । उनले भने, ‘किन हो सहकार्य गरौं-गरौं लाग्छ, टाढा नजानु होला ।’

प्रधानमन्त्री प्रचण्डले संविधान जारी गर्ने बेलामा नै तीन दलले संशोधनको प्रतिवद्धता जनाएको भन्दै त्यसअनुसार नै सरकारले प्रस्ताव ल्याएको बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुक लामो संक्रमणकालिन अवस्थाबाट अघि बढीरहेको भन्दै संविधान कार्यान्वयनका लागि निर्वाचनको अपरिहार्यतामा जोड दिए ।

संविधानसभाबाट संविधान जारी हुनु र शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताको हैसियतले आफुमा निकै ठूलो जिम्मेवारी रहेको महसुस भएको भन्दै उनले परिपक्व राजनितिक पार्टीको हैसियतले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सकारात्मक ढंगले सम्पन्न गर्न राप्रपाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?