Comments Add Comment

गोरखामा प्रहरीचौकी पुनर्निर्माण सम्पन्न

७ फागुन, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखामातहतको ताङलीचोक प्रहरीचौकी भवनको पुनर्निर्माण भएको छ । तत्कालिन विद्रोही माओवादीले गरेको सशसत्र द्वन्द्वको समयमा क्षति भकाए प्रहरीचौकी भवन पुनर्निर्माण अभियानअन्र्तगत उक्त भवन निर्माण गरिएको हो ।
भवनको क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बमले सर्वसाधारण नागरिकले शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सहयोग गरेमा समाजमा हुने अपराध घट्ने बताएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्र्तगत करिव एक करोड २५ लाखको लागतमा उक्त भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी जनकराज पाण्डेयले जानकारी दिए ।

उक्त भवनमा महिला र पुरुष दुईवटा छुट्टाछुट्टै थुनुवा कक्ष निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी पाण्डेयले भूकम्पले क्षति पुगेको जिल्लाका अधिकांश प्रहरीचौकी भवनहरु पुनर्निर्माण गर्नुपर्ने बताए ।

अधिकांश प्रहरी चौकीहरु टेन्ट र घरभाडामा सञ्चालन भएको हँुदा प्रहरीलाई शान्ति सुरक्षा दिन र हातहतियार जोगाउनसमेत मुस्किल भएका बेला भबन निर्माण हुनुले सुरक्षामा टेवा पुग्ने एसपी पाण्डेयले जानकारी दिए । कार्यक्रममा भबन निर्माणमा सहयोग गर्ने निर्माण समितिका सदस्य र चौकी निर्माणका लागि जग्गादान गर्नेे देव नारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment