+
+
Shares

सेरामिक्स बनाउने भट्टी निर्माण

रासस रासस
२०७३ फागुन ७ गते ८:३९

 ७ फागुन, काठमाडौं । नेपाल हस्तकला महासङ्घले रु १५ लाख लागतमा मिर्तिका कला (माटोबाट निर्माण गरिने कला अथवा सेरामिक्स) बनाउने भट्टी निर्माण गरेको छ ।

महासङ्घले विश्व कला परिषद्को सहयोगमा भक्तपुर नगरपालिका र ठिमीमा सेरामिक्स बनाउने तीनवटा भट्टी निर्माण गरेको हो । जसमध्ये दुईवटा नयाँ र एकवटा भूकम्पले क्षति पुर्याएको पुरानो भट्टीलाई पुनःनिर्माण गरेको हो ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले पुरानो कलाको रुपमा रहेको मिर्तिका कलाको विकास र विस्तारका लागि महासङ्घले विश्व कला परिषद्सँग मिलेर उक्त भट्टी निर्माण गरेको जानकारी दिए।

उनले भने, “यो कार्यले नेपाली कलाको संरक्षण र सम्बद्र्धनमा सहयोग पुग्नेछ ।”

तीनवटा भट्टीबाट भक्तपुरका ४०० भन्दा बढी घरपरिवारले लाभ उठाएको महासङ्घले जनाएको छ । उक्त ठाउँमा निर्माण भएको सेरामिक्सलाई महासङ्घले विश्वका विभिन्न मुलुकमा बेच्ने काम समेत गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?