Comments Add Comment

मिल्नै नसक्ने गरी टाढा नजान मधेसी मोर्चालाई प्रचण्डको आग्रह

बालुवाटारमा प्रधानमन्त्री र मधेसी मोर्चाले सुनाए आआफ्नो 'बाध्यता’

७ फागुन काठमाडौं । चुनाव घोषणालाई लिएर प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका नेताहरुबीच चर्काचर्की भएको छ । स्थानीय चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्रीले शनिबार विहान मोर्चाका नेताहरुलाई बोलाएका थिए ।

बालुवाटारमा बैठकमा दुबै पक्षले आआफ्नो अडानलाई ‘बाध्यता’ भन्दै सुनाएका छन् र, सहमति विना उठेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफू एकदमै अप्ठ्यारोमा रहेको भन्दै निर्वाचनको मिति घोषणामा सहमति जनाउन आग्रह गरे ।

चुनाव घोषणा लगतै संविधान संशोधनमा केन्द्रीत हुने र तराई मधेसमा स्थानीय तहको संख्या बढाउने बताए । निर्वाचनको मिति घोषणा गरे संविधान संशेाधन प्रस्ताव संसदमा अघि बढाउन प्रमुख प्रतिपक्ष एमालेले साथ दिनेमा प्रधानमन्त्री विश्वस्त रहेको उनका राजनीतिक सल्लाहकार राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।

यो गठवन्धनलाई दिर्घकालीन रुपमा नै लैजानु पर्ने भन्दै उनले भने, यहाँहरुको सहयोग चाहियो ।

जवाफमा मधेसी मोर्चाका नेताहरुले भने चुनावको मिति घोषणा भएकै दिन आन्दोलन घोषणा गर्ने बताए । तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन घोषणा आफूहरुको बाध्यता हुने बताए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावको मिति घोषणा गरे टाढा हुनु पर्ने बताए । उनले भने, टाढा हुँदा हुँदा थाहा छैन कति पर पुग्ने हो ।’

मोर्चाका नेताहरुले चनाव घोषणा नगर्न दबाव दिँदै प्रधानमन्त्रीलाई धेरै प्रश्नहरु राखेका थिए ।

तर, प्रचण्डले ठोस जवाफ दिएनन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले ‘धेरै नै गम्भीर कुराहरु आयो, एमालेसहितका दलहरुसँग भोलि नै छलफल गरौं’ भने ।

बैठकबाट उठ्दै गर्दा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई भोलि मिल्नै नसक्ने गरी टाढा नजान आग्रह गरेको छन् ।

प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गरेर जाने सहमति भइसकेको छ । र, त्यस अनुसार केही दिनमा नै मिति घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment