Comments Add Comment

दुबईमा फहराइयो नेपालको राष्ट्रिय झण्डा

८ फागुन, युएई । विभिन्न देशका बीसौं हजार जनसमुदायको उपस्थितिका माझ युएईको मुख्य सहर दुबईमा नेपाली झण्डा फर्फराएको छ । दुबईको क्रिक पार्कमा वाक फर एडुकेसन (शिक्षाका लागि हिँडाइ) र्‍यालीमा सहभागी करिब सय जना नेपालीले ऐक्यवद्धता जनाउने क्रममा नेपाली झण्डा फहराएका हुन् ।

दुबई केयर्सद्वारा नेपाल लगायत विश्वका विकासोन्मुख देशहरुमा प्राथमिक शिक्षामा गरिब र बिपन्न बालबालिकाहरुको पहुँचको लागि टेवा पुर्‍याउने उद्देश्यअनुरुप फागुन ६ गते शुक्रबार आयोजित उक्त पदयात्रामा नेपाली समुदाय युएइका प्रतिनिधिहरुले फरक ढंगबाट आफ्नो सहभागिता जनाएका छन् ।

चन्द्रसूर्य अङ्कित झन्डा अन्य देशका झण्डाहरुको तुलनामा फरक देखिन्थ्यो । सहभागी धेरैले नेपाली झण्डाका साथ उपस्थित नेपालीहरुलाई उत्सुकतापूर्वक हेरेका थिए ।

राष्ट्रिय परिचायक प्रस्तुतिका साथै नेपाली स्वदेश गानका साथमा सांङ्गीतिक माहोलले वातावरण नेपालमय भएको थियो । पैदल हिँडेका नेपाली समुदाय युएईका प्रतिनिधि युवाहरुको जुझारु र सशक्त प्रस्तुतिले सेवा र परोपकारका लागि नेपाली प्रवासी युवाहरुको चासो अन्य देशका सहभागीहरुको तुलनामा कम थिएन ।हजारौं सहभागी मध्येले सबैले आ-आफ्नो ब्यापारिक प्रतिष्ठान र संस्थाको ब्यानर बोकेर हिँड्दै गर्दा सिंगो राष्ट्रलाई नेतृत्व दिलाउँदै राष्ट्रिय झण्डा उठाएर हिँड्दै गरेको दृश्यले विदेशमा पनि नेपाली एकता दर्शाएका र्‍यालीमा सहभागी रघुनाथ ढुंगेलले प्रतिक्रिया दिएका छन् ।

 

र्‍यालीमा सहभागीहरुले दर्तास्वरुप बुझाएको ३० दिराम्स गरिब तथा विपन्न देशका सोही प्रकृतिका बालबालिकाहरुको शिक्षाका लागि खर्च गरिने दुबई केयर्सको योजना छ । केयर्सले नेपालका मध्यपहाडी जिल्लाका  विद्यालयहरूमा आर्थिक सहयोग गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment