+
+

प्रहरी महानिरीक्षक विवादमा सर्वोच्चमा बहस हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ८ गते १२:२७


८ फागुन, काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबार बहस हुन सकेन ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेश तोकिएको थियो । तर, प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन सकेन ।

अब आजै म्याद तामेली हुने र मंगलबार बहस हुने रिट निवेदक कपिलदेव ढकालले बताए ।

ढकालले दायर गरेको रिटमा सर्वोच्चले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र कार्यमूल्यांकन प्रतिवेदन तीन दिनभित्र बुझाउन भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?